• Monday 5th of October 2026

मंगोलिया पछि नेपालको धुलाई भेट्ने पालो माल्दिभ्सको


  • धनकुटा खबर
  • .

काठमाडौँ – चीनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आइतबार माल्दिभ्सको सामना गर्दैछ। एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आइतबार माल्दिभ्सको सामना गर्न लागेको हो।

नेपाल र माल्दिभ्स बीचको खेल नेपाली समय अनुसार बिहानको ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ। नेपाल र माल्दिभ्स दुवैले एसियाली खेलकुदमा मंगोलियालाई पराजित गरिसकेका छन्।

माल्दिभ्सले मंगोलियालाई ९ विकेटले पराजित गर्दा नेपालले २ सय ७३ रनले पराजित गरेको थियो। आइतबार दुवै टोली जित निकालेर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने दाउमा हुनेछन्।

नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगोलिया विरुद्ध सानदार प्रदर्शन गरेको थियो। रेकर्ड नै रेकर्ड बनेको सो खेलको लयलाई कायम राख्दै माल्दिभ्स विरुद्ध जित निकाल्ने नेपालको योजना रहनेछ। माल्दिभ्स विरुद्ध पनि नेपालले कयौं रेकर्ड बनाउन सक्छ।

आइतबार नेपालले माल्दिभ्सको दोस्रो रोजाईको टोलीसँग खेल्नेछ। एसियाड र आइसिसी टि२० विश्वकप सब रिजनल एसिया क्वालिफायर ए जुधेपछि माल्दिभ्सले दोस्रो रोजाईको टोली चीन पठाएको छ।

क्वालिफायरको विजेता टोलीले अर्को महिना नेपालमा हुने टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न पाउनेछ। जसकारण माल्दिभ्सले क्वालिफायरमा पहिलो र एसियाडमा दोस्रो रोजाईको टोली पठाएको हो।

माल्दिभ्सलाई पराजित गरेको खण्डमा नेपाल क्वाटरफाईनलमा पुग्नेछ। क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मद्ये एकसंग नेपाल आमने-सामने हुनेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖