• Monday 5th of October 2026

वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ पुस ।  इङ्लिस क्लब  वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन ।

 

बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्लबले पोर्टरलाइ नियुक्त गरेको हो ।  समाचार अनुसार पोर्टरले साढे दुई वर्षको सम्झौता गरेका छन् ।

सन् २०२३ मा अर्को इङ्लिस क्लब चेल्सी छाडेयता पोर्टर क्लबविहिन अवस्थामा रहेका थिए ।

 

लोपेटेगुइले मात्रै ६ महिना वेस्टह्यामको प्रशिक्षण सम्हाल्ने मौका पाए । इङ्लिस प्रिमियर लिगमा वेस्टह्याम २० खेलमा २३ अंकका साथ १४औं स्थानमा छ ।  

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖