• Tuesday 6th of October 2026

एमाले कोसी अधिवेशन : आज उमेदवारी, भोलि मतदान


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरु गरिएको छ । अधिवेशनस्थलमा उमेदवारी मनोनयन दर्ताको कार्य जारी छ । शनिबार साँझ साढे ५ बजे उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गरिने आयोजक समितिले जनाएको छ । प्रदेश कमिटी २१५ सदस्यीय हुनेछ ।

प्रकाशित कार्यतालिका अनुसार शनिबारै बेलुका सवा ७ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आइतबार बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान गरिनेछ ।

एमाले कोसी प्रदेश अध्यक्ष पदका निम्ति विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖