• Tuesday 6th of October 2026

एमाले कोशीको अध्यक्षका लागि ढकाल र खतिवडाको मनोनयन दर्ता


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म मोरङका दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ ।

अन्य पदका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिरहेका छन् । उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् ।

यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖