• Tuesday 6th of October 2026

अब आउने निर्वाचनमा कि भ्रष्ट सकिन्छन्, कि रास्वपा– रवि लामिछाने


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आउने निर्वाचनमा कि भ्रष्ट सकिने वा त्यो नभए आफ्नो पार्टी सकिने बताएका छन्।
शनिबार दाङको घोराहीमा पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वसाधारणको ठूला दलहरू प्रति वितृष्णाकै कारण आफूहरू राजनीतिमा आएको र जनताले साथ दिएको बताए।

‘हामी जनताका पक्षमा काम गर्छौं र भ्रष्ट दलहरू एक ठाँउमा रहन सक्ने छैनन्,’ उनले भने, ‘२०८४ को निर्वाचनले कि हामी सकिन्छौं, कि भने ठूला भनिएका भ्रष्ट दलहरूको राजनीतिक सटर बन्द हुने छ।’
अब आउने निर्वाचनमा आफूहरूको जमानत जफत हुने गरी जनताको पक्षमा काम गर्न पनि उनले ठूला दलहरूलाई आग्रह गरेका थिए।

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने काम मात्रै गर्दै आएको बताए।

जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्टीलाई गाली गर्न र आफ्नो लाज ढाक्नलाई मात्र समय खर्चिएको भन्दै उनले आक्रोश पोखे। उनले आफ्नो पार्टीको चिन्ता भन्दा जनताको समस्याका बारेमा चिन्ता लिन र काम गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖