• Monday 5th of October 2026

पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि


  • धनकुटा खबर
  • .

काठमाण्डौ – १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलले हरायो ।

पहिलो हाफ गोलसहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा भारतले तीन गोल हान्यो । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको थियो ।

सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖