• Tuesday 6th of October 2026

एमाले कोशी पदाधिकारीमा क–कसले दिए उम्मेदवारी?


  • धनकुटा खबर
  • .

नेकपा एमाले कोशी प्रदेश कमिटीमा अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको भिडन्त निश्चित हुँदा उपाध्यक्षमा एक जनाको मात्रै उम्मेदवारी परेको छ।

हालकै उपाध्यक्ष धनकुटाका टीकाराम चेम्जोङको सो पदमा एकल उम्मेदवारी परेको हो।

सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ।

दुई उपसचिवका लागि चार जनाले मनोनयन दर्ता गरेका छन्।
संखुवासभाका भविश्वर गुरूङ, खोटाङका देवान राई, झापाका जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेदवारी दर्ता गरेका छन्।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ। सदस्यमा केही पहाडी जिल्लाबाट सर्वसम्मत भए पनि धेरैतिर धेरै आकांक्षी देखिएका छन्। मनोनयनको अन्तिम सूची जारी भएको छैन।

एमाले कोशी निर्वाचन समितिका अनुसार आइतबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान गराउने तयारी छ।

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्। एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ।

शुक्रबार सुरू भएको कोशी अधिवेशनमा ९९७ जना प्रतिनिधि मतदाता छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖