• Tuesday 6th of October 2026

गायिका मेलिना राईले गरिन् इन्गेजमेन्ट


  • धनकुटा खबर
  • .

चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन्।

इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई उनका फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन्।

मेलिनाले ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन्। यी दुईको विवाह शुक्रबार हुँदैछ।

काठमाडौं गोकणेश्वरको हिमालीघर रिसोर्टमा विवाह समारोह राखिएको छ।

मेलिनाले स्वर दिएका दर्जनौं नेपाली गीत सुपरहिट छन्। उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ शुक्रबारदेखि प्रसारणमा आउँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖