• Monday 5th of October 2026

नेपालको पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालको पुरुष टिम भारतमा जारी पहिलो संस्करणको खो खो विश्वकपको फाइलनमा प्रवेश गरेको छ। नयाँ दिल्लीस्थित इन्दिरा गान्धी रंञ्गशालामा शनिबार साँझ भएको खेलमा इरानलाई हराउँदै नेपाल पहिलो प्रयासमै फाइनल पुगेको हो।

विश्वकपको फाइनल पुग्ने इतिहास बनाउने क्रममा नेपालको पुरुष टिमले इरानमाथि ७२–२०को सानदार जित निकाल्यो।

अब नेपालले भोलि हुने फाइनलमा दक्षिण अफ्रिका र भारतबीचको विजेतासँग खेल्नेछ।

नेपाल बंगलादेशलाई हराउँदै सेमिफाइनल पुगेको थियो। त्यसअघि नेपालले समूह चरणमा भुटान, पेरु र ब्राजिललाई हराएको थियो भने भारतसँग पराजित भएको थियो।

योसँगै नेपालका महिला र पुरुष दुवै टिम फाइनल पुगेका छन्। महिला टिम युगान्डालाई ८९–१८ ले हराउँदै फाइनल पुगेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖