• Tuesday 6th of October 2026

सैफमाथि छुरा प्रहार गर्नेले दिए प्रहरी झस्किने बयान


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहारको घटनामा एकपछि अर्को नयाँ खुलासा भइरहेको छ। प्रहरीले घटनामा गहन अनुसन्धान गर्दै मोहम्मद शरीफूल इस्लाम शहजादलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार, शहजादलाई थाहा थिएन कि उनले आफू चोर्न भनेर छिरेको अपार्टमेन्ट सैफ अली खानको हो। शहजादले घाइते बनाएको व्यक्ति अभिनेता सैफ अली खान भएको कुरा पनि थाहा थिएन।

यस घटनाले प्रहरी अनुसन्धानलाई अझै जटिल बनाएको छ र सार्वजनिक शान्तिका लागि थप सुरक्षा उपायहरूको आवश्यकता प्रकट गरेको छ। उनको यो बयानले प्रहरी पनि हैरान छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖