• Monday 5th of October 2026

नेपालको कसिलो बलिङसामु माल्दिभ्स निरीह


  • धनकुटा खबर
  • .

१९औं एसियाली खेलकुदमा नेपालको कसिलो बलिङसामु माल्दिभ्सका ब्याटर निरीह देखिएका छन् ।१४ ओभरको खेल चलिरहँदा माल्दिभ्सका ६ महत्त्वपूर्ण ब्याटर आउट भइसकेका छन् ।

१३ ओभरको खेल सकिँदा माल्दिभ्स ६ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ ।

हालसम्म नेपालका लागि अविनाश बोहराले तीन विकेट लिएका छन् । सन्दीप लामिछाने, गुल्सन झा र सोमपाल कामीले एक/एक विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖