• Monday 5th of October 2026

४ विकेटको क्षतिमा अष्ट्रेलियाले जोडयो ८६ रन


  • धनकुटा खबर
  • .

काठमाडौं, ९ माघ । नेपालले सुरूवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन्।

 

टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भए पनि अहिले अष्ट्रेेलियाले थप १ बिकेट गुमाएर १३ अोभरमा ८६ रन जोड्न सफल भएको छ।

 

कप्तान पुजा महतोले तीनै बिकेट लिदाँ अष्ट्रेलियाले भने जम्मा २० रन जोडेको थियो। त्यसपछि एक रिया शर्माले बिकेट मात्र झार्न नेपाल सफल भएकी छिन्। 

 

नेपालले आइसिसी महिला यु-१९ विश्वकपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेेको हो।

मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिईन् ।

नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ । अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖