• Tuesday 6th of October 2026

सैफ अली खानको १ खर्ब ५० अर्ब भारूको सम्पत्ति जफत हुन सक्ने


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सैफ अली खानको १ खर्ब ५० अर्ब भारू बराबरको सम्पत्ति जफत हुन सक्ने देखिएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार भोपाल र रायसेनस्थित उनको परिवारको पैतृक सम्पत्ति केन्द्र सरकारले नियन्त्रणमा लिन सक्ने छ। मध्यप्रदेश हाईकोर्टले यस सम्पत्तिमा लगाइएको स्थगन आदेशलाई हटाएको छ। अब शत्रु सम्पत्ति अधिनियम, १९६८ का अनुसार अधिग्रहण केन्द्र सरकारले गर्न सक्छ।

शत्रु सम्पत्ति ऐन, १९६८ का अनुसार भारत सरकारले १९४७ पछि पाकिस्तान गएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न सक्छ। सैफको भोपालको सम्पत्ति यसै श्रेणीमा पर्दछ।

मध्य प्रदेश हाई कोर्टले सन् २०१५ मा यस मामिलामा सुनवाई गरेको थियो। त्यतिबेला भोपालको नवाबको जग्गालाई सरकारी सम्पत्ति घोषित गरिएको थियो। सरकारले सैफको परिवारलाई नोटिस पठाएको थियो। जबाफमा सैफले हाई कोर्टबाट सम्पत्तिको स्टे लिएका थिए।

गत १३ डिसेम्बरमा एमपी हाई कोर्टमा वकिल विकेक अग्रवालले सैफको याचिकालाई खारिज गर्न अपिल गरेका थिए। जसका लागि ३० दिन समय दिइएको थियो। तर सैफको परिवारबाट कुनै सदस्य केही कदम उठाएनन्। सैफको परिवारसँग हाई कोर्टमा डबल बेन्चको सामु अपिल दायर गर्ने विकल्प छ।

अभिनेता सैफ अली खान हालै अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई १५ जनवरीमा छुरा प्रहार भएपछि अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖