• Sunday 4th of October 2026

अनमोल पक्राउ पर्नुको भित्रि कारण त यस्तो पो रहेछ,सुदर्शन थापासँगको सम्बन्ध बाबु भुवन..


  • धनकुटा खबर
  • .

काठमाडौं : अभिनेता अनमोल केसीको निर्देशक सुदर्शन थापासँगको सम्बन्ध बाबु भुवन केसीको जन्मदिनको दिन बिग्रिएको खुलेको छ। जन्मदिनको पार्टीमा सुदर्शनले देखाएको व्यवहारले यी दुईको सम्बन्धमा दरार आएको थियो।

असोज १ गते भुवनको जन्मदिनको पार्टीमा सुदर्शनले अधिक मदिरा सेवन गरेपछि देखाएको व्यवहारले अनमोलले रावणमा अभिनय नगर्ने निर्णय गरेको उनी निकट स्रोतले बतायो।

भुवनको जन्मदिनको दिन सुदर्शनले अनमोलसहित भुवन र जियासँगैको तस्विर राखेर फिल्म रावणबारे फेसबुकमा लेखेका थिए।

त्यसको पाँच दिनपछि अनमोलले फेसबुकमा स्टाटस लेखे, ‘म कसैको स्वार्थमा उपयोग नहुँ भन्नेमा निकै गम्भीर छु, त्यसैले मैले अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तबसम्म फिल्म गर्न हतार गर्ने छैन। अब ममाथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिने छैन।’

अनमोल निकट स्रोतका अनुसार यो स्टाटस फिल्म रावण लक्षित नै थियो। रावणको स्क्रिप्ट अपूरो रहेको भन्दै अनमोलले चित्त बुझाएका थिएनन्। तर फिल्म फ्लोरमा लैजान सुदर्शनले जोडबल लगाइरहेका थिए।

सुदर्शनले फिल्म बनाउन प्राविधिक लगायतलाई पैसा दिइसकेका थिए। फिल्मको सुटिङ नभए प्राविधिक लगायतलाई दिएको पैसा निश्चित अवधिपछि फिर्ता हुन्न।

अनमोलको फेसबुक स्टाटस आएपछि सुदर्शनले भुवन केसीमार्फत अनमोललाई मनाउन खोजे। भुवनले अनमोललाई दबाब दिए। अनमोलले आमा सुस्मिता बम्जनसँग सल्लाह गरे।

दार्जलिङमा रहेकी सुस्मिताले उनलाई ‘चित्त नबुझी फिल्म नगर्न, बरु धेरै दबाब आए दार्जलिङ आउन’ भनेकी थिइन्। भुवनसँग डिभोर्स भएपछि सुस्मिता भारतको दार्जलिङमा बस्छिन्।

जति गरे पनि अनमोलले फिल्ममा अभिनय नगर्ने भएपछि सुदर्शन प्रहरीबाट दबाब बढाउने रणनीतिमा लागे। निर्मात्री रहेकी उनको श्रीमती सुप्रिया कटुवालले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी गरिन्। त्यही उजुरीको आधारमा अनमोल पक्राउ परे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖