• Tuesday 6th of October 2026

प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाद्वारा बहिष्कार


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय दलको बैठक बहिष्कार गर्ने भएको छ।

चाडपर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मूल्यवृद्धिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्ने सभापति रवि लामिछानेले बताए।

उनले फेसबुकमा लेखेका छन्, ‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरि सरकारले गरेको मुल्यवृद्दि प्रती हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्री ज्युले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिस्कार गरेका छौ। थप कार्यक्रमबारे जानकारी दिनेछौं।’

प्रधानमन्त्री आज सुन प्रकरणको छानविनको लागि उच्च स्तरिय छानविन आयोगबारे छलफल गर्नको लागि सात दलको बैठक बोलाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖