• Tuesday 6th of October 2026

नबिल बैंकमा लगानी गरेका विनाेद चाैधरीले श्रीलंकाकाे यूनियन बैंक पनि किने


  • धनकुटा खबर
  • .

काठमाडौं । विनाेद चाैधरी अध्यक्ष रहेकाे बहुर्राष्ट्रिय कम्पनी सिजी ग्लाेबल कर्पले श्रीलंकाकाे यूनियन बैंक अफ काेलम्बाेकाे स्वामित्व ग्रहण गरेकाे छ। काेलम्बाे स्टक एक्सचेञ्जमा सूचीकृत याे बै‌ंककाे मुख्य प्रवर्द्धक टिपिजी एशिया भिआइ प्रालिकाे अधिनमा रहेकाे सबै शेयर खरिद गर्दै सिजी काेर्पले सिजी क्यापिटल पार्टनर्स ग्लाेबल प्रालिमार्फत् यूनियन बै‌ंकमा ७० प्रतिशत हिस्सेदारी कायम गरेकाे हाे ।

चाैधरी समूह र रविभक्त श्रेष्ठकाे एनइ ग्रुपकाे संयुक् लगानी रहेकाे सिजी क्यापिटल पार्टनर्स ग्लाेबल प्रालि सिंगापुरमा दर्ता रहेकाे लगानी कम्पनी हाे ।१ डिसेम्बर २०२२ मा नै युनियन बैंककाे ७०‍.८४ प्रतिशत हिस्सा अर्थात् ७६ लाख ८० हजार कित्ता शेयर सिजी क्यापिटलले शेयर खरिद गर्न समझदारी भएपनि लामाे प्रकृया पछि बल्ल शेयर स्वामित्व हस्तान्तरण भएकाे हाे । शेयर खरिद बिक्री सम्बन्धमा कोलम्बो स्टक एक्सचेन्ज (सीएसई) मा १० सेप्टेम्बरमा युनियन बैंकले घोषणा गरि सकेकाे छ।

यसकाे शेयर काराेबार मूल्य बुधबार स्थानीय मुद्रा अनुसार ११ रुपैयाँ १० पैसा कायम रहेकाे थियाे ।

याे खरिद बिक्री कति रकममा भएकाे भन्नेबारे केही खुलाईएकाे छैन । श्रील‌ंकाली सञ्चारगृह सिलन टुडेकाे ३ डिसेम्बर २०२२ काे अनलाइन संस्करणमा उल्लेख भए अनुसार चाैधरी समूहले यूनियन बैंकमा १० कराेड अमेरिकी डलर लगानी गर्न चाहेकाे उल्लेख छ। सिलन टुडेले चाैधरी समूहका अध्यक्ष विनाेद चाैधरी र युनियन बैंकका पूर्व अध्यक्ष थिलक डि सिल्भाबीच अन्य व्यापारमा समेत साझेदारी रहेकाले बै‌ंककाे शेयर खरिदकाे डिल संभव भएकाे हाे ।

यूनियन बैंकले सार्वजनिक गरेकाे ताजा तथ्यांक अनुसार ३० जुन २०२३ मा यसकाे कूल सम्पत्तीकाे किताबी मूल्य श्रीलंकाली रूपैयाँ १ खर्ब २८ अर्ब ९० कराेड ४० लाख थियाे ।

सिजी ग्रुपसँग नेपालमा नबिल बै‌ंक लिमिटेडमा सबैभन्दा ठूलाे हिस्सेदारी छ।

युनियन बै‌ंकमा यसरी भित्रिएकाे थियाे पहिलाे वैदेशिक लगानीः
सन् २०१४ मा चुक्ता पूँजी वृद्धिका लागी युनियन बैंक अफ कोलम्बो पीएलसीले केम्यान आइल्याण्डको कल्चर फाइनान्सियल होल्डिङ्सबाट ११ अर्ब ४२ कराेड अमेरिकी डलर (तत्कालीन विनिमय दर अनुसार श्रील‌ंकाकी रु. ११,४२०,४७४,९८४.७०) लगानी गरेर ७४२,१५६,२४९ कित्ता शेयर ग्रहण गरेकाे थियाे । सेलन टुडेका अनुसार त्यत्ति बेला प्रति कित्ता श्रीलंकाली रूपैयाँ १५.३० काे दरले शेयर किनबेच भएकाे थियाे ।

त्यत्तिबेला ७५ प्रतिशत शेयर स्वामित्वलाई १५ वर्ष अवधिभित्र चरणबद्धरुपमा गर्दै १५ प्रतिशतमा झार्ने शर्तमा सेन्ट्रल बैंक अफ श्रीलंकाले विदेशी लगानीकाे स्वीकृती दिएकाे थियाे ।-इन्स्योरेन्स खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖