• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

जिप खस्यो, ६ जना घाइते


  • धनकुटा खबर
  • .

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा ६ जना गम्भिर घाइते भएका छन् । जिल्लाको सिगास गाउँपालिका १ को माँडौ भन्ने स्थानमा सुपप्र ०१ ००१ च ४०२८ नम्बर जिप

दुर्घटना भएको जिल्ला प्रहरी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

घाईते हुनेमा जिल्लाको सिगास गाउँपालिका १ इरानाका १९ वर्षिय पार्वति धामी, १४ वर्षिय जयन्ती धामी, सोही ठाउँका ४० बर्षिय तुलसी धामी, १६ बर्षिय निरा धामी, १८ वर्षिय कमला धामी र १४ बर्षिय धौली धामी रहेको जिल्ला प्रहरी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले बताए ।

घाइते सबैको अवस्था गम्भीर रहेको र उनीहरुलाई उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरी प्रवक्ता पाण्डेयले बताए । चालकसहित जिपमा ८ सवार रहेको बुझीएको छ । चालक फरार छन् ।

शनिवार बिहान ५ बजे जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो । घटनाको बिषयमा थप अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖