• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यी पुरुष दुई सातादेखि सम्पर्कविहीन


  • धनकुटा खबर
  • .

काठमाडौं । बुढानीलकण्ठका एक पुरुष दुई सातादेखि सम्पर्कविहीन छन् ।

बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल निवासी ४० वर्षीय पवन थापा गत पुस २५ गतेदेखि सम्पर्कविहीन रहेको पारिवारिक स्रोतले बताएको छ ।

गहुँगोर वर्ण, ५.५ फिट अग्ला पवन अन्तिम पटक तारेभीर रिसोर्टमा देखिएका थिए ।

कालो र हरियो ज्याकेट तथा खैरो ट्राउजर लगाएका उनी सो रिसोर्टमा स्कुटर पार्क गरेर तलतिर लागेको सीसीटीभी फुटेजमा देखिन्छ । साथै, उनले केही सामान पर्खालबाट तल फालेको र पछि तल गएर सो सामान टिपेको पनि देखिन्छ ।

परिवारकाअनुसार पवनसँग मोबाइल मात्र रहेको र उक्त मोबाइल अन्तिम पटक तारेभीर क्षेत्रमा पुस २५ गते दिउँसो १ बजेतिर स्वीच अफ भएको थियो ।

उनलाई कसैले देखे नजिकको प्रहरी कार्यालयमा अथवा ९८६०९६८२५३, ९८४९१६०३९९, ९८४०४५०२२२ सम्पर्क गरी जानकारी गराउन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖