युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक उपाधि, गोल, असिस्ट, ह्याट्रिक, र नकआउट चरणका रेकर्डहरूसहित धेरै कीर्तिमान पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोकै नाममा छन्।
तर, रोनाल्डोको एउटा दुर्लभ रेकर्ड छ, जो सम्भवतः कहिल्यै तोडिनेछैन– लगातार ६ सिजन ९२०१२–१३ देखि २०१७–१८० सम्म च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता बन्ने उपलब्धि। सिजन २०१३–१४ मा उनले १७ गोल गरेर सिंगल सिजनको सर्वाधिक गोलको रेकर्ड पनि बनाएका थिए, जसलाई आजसम्म कसैले तोड्न सकेको छैन।
रोनाल्डोको यो कीर्तिमानलाई तोड्न सक्ने कुनै खेलाडी हाल देखिएको छैन। भविष्यमा कोही खेलाडीले यो रेकर्ड भंग गर्न सक्ला कि नसक्ला, समयले मात्र बताउनेछ ।
