• Tuesday 6th of October 2026

आज राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता : नेपाल आयल निगम


  • धनकुटा खबर
  • .

नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको जानकारी दिएको छ।

निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति निकारेर जनाएको छ।

निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖