• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यसरी कतारमा रहेका श्रीमानले फोनबाटै ‘तलाक’ दिएपछि…


  • धनकुटा खबर
  • .

राजविराज । विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा आलटाल गर्दैै आएका श्रीमानलाई नन्दले झुटो कुरा पु¥याएर तलाकको अवस्थामा पु(याई दिएको एक पीडित महिलाले गुनासो गरेकी छिन ।

राजविराजमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रह्मपुर सिघिंया टोल वस्ने २२ वर्षिया सनिजा खातुनले यस्तो गुनासो गरेकी हुन । उनले विवाहको तीन वर्ष हुन लाग्दा पनि श्रीमान मो। आकुवले विवाह दर्ता र नागरिकता नबनाई दिएको र सो बनाईदिन आग्रह गर्दा “किन हतार गरेको” भन्दै रिसाउने गरेको बताईन ।

हाल उनका श्रीमान आकुव रोजगारीका सिलसिलामा कतारमा छन । डेढ वर्षदेखी कतारमा रहेका श्रीमानलाई नन्द मरियम खातुनले मेरो ’दयगतमा झुटो कुरा लगाई भडकाएको र अन्त्यमा श्रीमानले ५ महिना अघि फोनबाटै “तलाक” दिएपछि आफु विच्चलीमा परेको उनले बताइएकी छिन । श्रीमानलाई झुटो कुरा लगाएर भड्काएको र गहनासमेत चोरी गरेको भन्दै पीडित महिलाद्वारा नन्दविरुद्ध प्रहरीमा जाहेरी

पछिल्लो मंसिर १९ गते राती आफु गाउँको एक बैवाहिक कार्यक्रममा सरिक हुन गएका वेला नन्द मरियमले कोठामा रहेको दराजबाट सुनको सिक्रि, टिका, नथुनी, अंगुठी गरी करिब ५ तोला र चाँदीको १० तोलाको विभिन्न गरगहना चोरी गरी लगेको आरोप समेत उनले लगाएकी छिन । आफु विरुद्ध नन्द मरियमले समय–समयमा झुटो कुरा लगाएर श्रीमानलाई भड्काउने र अन्त्यमा श्रीमानले फोनबाटै “तलाक” दिदा आफु घर न घाटकी भएको उनको कथन छ ।

यस विषयमा आफुले नन्द मरियम विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी समेत दिएको उनले बताएकी छिन । जाहेरी मार्फत घरमा चोरी गर्ने तथा आफुलाई “तलाक” सम्मको अवस्थामा पु¥याउने माथी कारवाही हुनु पर्ने उनले माग गरेकी छन ।

डेढ वर्षिय छोरा पैmजान र ५८ वर्षिया आमा नजिरासंगै न्याय खोज्दै यहाँ आइपुगेकी सनिजाले विवाह भएपछि विवाह दर्ता र सन्तान जन्मेपछी जन्मदर्ता गराईदिन माग गर्नु स्वभाविक भए पनि श्रीमान र नन्दले यसलाई अपराध गरे जस्तै लिएको गुनासो गरिन ।

भारतको विहार राज्य कुनौली ग्रामपञ्चायत डंगमारा माइती भएकी सनिजाको २०७८ साल चैत्र ८ गते मो। आकुवसंग मुस्लिम धर्म परम्परा अनुसार मौलानाको उपस्थितीमा विवाह ९निकाहनामा० सम्पन्न भएको थियो । छोरीको विवाहमा आफुले १५ लाख रुपैया खर्चेको आमा नजिराले सुनाईन ।

”विवाह भएपछि एक–डेढ वर्षसम्म ज्वाई र घर परिवारका सबैले छोरीसंग राम्रै व्यवहार गरे । डेढ वर्ष अघि नाति फैजानको जन्म भयो । त्यस पछि विवाह दर्ता र जन्मदर्ताका लागी आग्रह गर्दा छोरीमाथी नन्दबाट चुगली र यातना दिने काम सुरु भएको आमा नजिराको कथन छ ।

नन्द मरियम कै कारण तलाक समेत दिएर छोरीलाई सम्बन्ध विच्छेदको अवस्था पु¥याइएको छ, अब कति हिंसा सहनु रु आमा नजिराले पत्रकारहरु संग पीडा पोखिन ।

छोरी सनिजासँग अन्याय भएको भनेर ब्रहमपुर टोलका मुश्लिम समुदायका अगुवाहरुले साथ दिइरहेपनि हिंसा गर्ने नन्दमाथी अहिलेसम्म कुनै कारवाही भने नभएको आमा नजिराको गुनासो छ । हिंसा र “तलाक” को कुरा आएपछी आफूले सप्तरी जिल्ला अदालतमा अंश र मानाचामल मुद्दा हालेको सनिजाले बताएकी छिन् । उनले श्रीमानले दिएको तलाकनामा फिर्ता र उनीसँगै सुरक्षितसाथ बस्ने वातावरण बनाइदिने समेत सबैसँग आग्रह गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖