• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

जन्तीको बसलाई साईड दिँदा यसरी भयो यात्रु बस दुर्घटना


  • धनकुटा खबर
  • .

जनकपुर– सर्लाहीको लालबन्दी नगरपालिका–१५ को चुरे क्षेत्रमा विहिबार साँझ बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा परे पनि कुनै मानवीय क्षति भने भएको छैन।

इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर सुजन पाठकका अनुसार लालवन्दीबाट १२ जना यात्रु बोकेर सिन्धुलीको मरिण कपिलाकोट जाँदै गरेको बा २ ख ६४३३ नम्बरको बस सर्लाही र सिन्धुलीको सीमा क्षेत्रमा पर्ने चुरेमा दुर्घटनामा परेको हो।

जन्ती बोकेर बिपरित दिशाबाट आउँदै गरेको अर्को बसलाई साइड दिने क्रममा चिप्लिएर बस सडकबाट झण्डै १० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा बसका चालकलाई सामान्य चोट लागेको छ।

प्रहरीका अनुसार एकतर्फी अप्ठ्यारो कच्ची सडकमा दुईवटा बस वारपार हुने ठाउँ नभएपछि दुवै बस रोकिएका थिए। बस रोकिएको मौकामा बसबाट सवै यात्रु झरेका थिए। त्यसपछि चालकले अघि बढाउने क्रममा बस पल्टिएको इन्स्पेक्टर पाठकले बताए।

यात्रु पहिला नै झरेकाले मानवीय क्षति हुन नपाएको उनको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖