• Monday 2nd of November 2026

सामाजिक सञ्जाल विधेयक अस्वीकार्य छ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन विधेयकको विरोध गरेका छन्।

उनले सामाजिक सञ्जालमा भनेका छन्-

प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न
देश ढुक्क रहोस्- दृष्टि बदलिन्न, विधेयक बदलिन्छ

सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता-प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरुरी छ। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ।

यसबारे कांग्रेसका अर्का महामन्त्री गगन थापाको धारणा भने आएको छैन। यसअघि अर्को सरकारले यस्तै विधेयक ल्याउँदा दुवै महामन्त्रीले चर्को विरोध गरेका थिए।सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न भनेर संसद्‌मा दर्ता गरेको विधेयक माथि प्रारम्भिक दृष्टिमा नै गम्भीर प्रश्नहरू उठेका छन् । विधेयकमा आधारभूत परिवर्तन नगर्ने हो भने यसले सामाजिक सञ्जाल नियमन गर्ने नभई नागरिकको बोल्न पाउने संवैधानिक हक नियन्त्रण गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖