मेरो अभियानले काठमाडौँमा भुइँचालो गएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता देखेर काठमाडौँमा भुइँचालो गएको टिप्पणी गरेकी छन्। फेरि एमालेको सक्रिय राजनीतिमा फर्किने हल्लाका बीच विराटनगर पुगेकी भण्डारीले यस्तो टिप्पणी गरेकी हुन्।
बुधबार बिहान विराटनगरको होटल बिगमा नेता कार्यकर्तासँग उनले भनिन्,’ दलीय राजनीतिमा नरहेर पनि अभियानको रूपमा काम गर्न सकिन्छ, मेरो अभियानले काठमाडौँमा भुइँचालो गएको छ, यो अभियान जारी रहन्छ।’
