• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कल्पना होटलमा अनैतिक क्रियाकलाप, एक जाेडी पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । अत्तरियाकाे कल्पना हाेटलमा अनैतिक क्रियाकलाप गरेकाे भन्दै प्रहरीले एक जाेडीलाई पक्राउ गरेकाे छ ।

गाेदावरी नगरपालिका-२ काे पहाड राेडमा रहेकाे १ नम्बर गल्लीमा कलावती साउदले सञ्चालन गरेकाे कल्पना हाेटलबाट गएराति अनैतिक क्रियाकलापमा संलग्न जाेडीलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले अनैतिक क्रियाकलापमा संलग्न बझाङकाे छविसपाथिभेरा गाउँपालिका-५ का ४० वर्षीय मिनबहादुर धामी र बुंगल नगरपालिका-२ बस्ने ३५ वर्षीय लिला बाेहरालाई पक्राउ गरिएको बताए ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीकाे टाेलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

यसअघि केही समयअघि प्रहरीले सत्कार हाेटलबाट समेत अनैतिक गतिविधिमा संलग्न जाेडीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖