• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बस र ट्रक एक आपसमा ठोक्किँदा सुर्खेतमा १ जनाको मृत्यु, ६ जना घाइते


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेतमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक समेत रहेका दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।

दुर्घटनामा घाइते उनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । बिहीबार दिउँसो २ बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएका थिए ।

बाँकी ६ जनामध्ये केहीको प्रदेश अस्पताल कालागाउँ र केहीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको विश्वकर्माले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖