झापाको बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटालाई स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिवसताक्षी–१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमानले स्वास्थ्यकर्मी सापकोटा र महिलालाई फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले अहेब सापकोटा र ती महिला कर्मचारीलाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको छ । (सूर्योदय अनलाईन)
