• Monday 2nd of November 2026

दुई जना सांसद बाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हो: योगेश भट्टराई


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) का सांसद योगेश भट्टराईले दुई जना सांसदबाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हुने बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिवसमेत रहेका सांसद भट्टराईले अरू सांसदहरू अध्यादेशका प्रक्रियामा कतै न कतै सामेल वा हस्ताक्षरकर्ता रहेको बताए।

‘अध्यादेशको प्रक्रियाका बारेमा विरोध गर्ने कसैले अधिकार राख्छ भने, प्रेम सुवाल र योगेन्द्र मण्डलले राख्नुहुन्छ। आजसम्म उहाँहरूको सरकारमा सहभागीता छैन,’ उनले भने, ‘त्यसभन्दा बाहेक कुनै पनि दल र कुनै पनि सांसदले अध्यादेशको प्रक्रियाबारे विमति राख्नु नौटंकी हो। किनभने हामी सबै त्यसमा कुन न कुनै बेला भाग लिएको र सही गरेका छौं।’

सरकारले हालै ६ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश शुक्रबार संसदमा पेस हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖