• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

मामाघरमा आएकी १४ वर्षीया चाँदनीको हत्या ,४ फिट गहिरो खाल्डोमा भेटियो शव


  • धनकुटा खबर
  • .

मोरङ । विराटनगर महानगरपालिका-५, विशालचोकस्थित मामाघरमा आएकी १४ वर्षीया चाँदनी यादवको हत्या भएको छ ।

भारत, बिहार छपराकी चाँदनी करिब एक महिना अघि मामाघर आएकी थिइन् । बाबुआमा उनलाई छोडेर घर फर्किएका थिए ।छिमेकीहरूले बालिका हराएको आशंका गर्दै प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढ्यो ।

प्रहरीको खोजीका क्रममा मामाघर नजिकैको खेतमा खाल्डो खनेर गाडिएको अवस्थामा चाँदनीको शव भेटियो । शव ४ फिट गहिरो खाल्डोमा पुरेर तोरीको बोटले छोपिएको थियो ।

प्रहरीले बालिकाका मामली हजुरबुबा, उनका परिवारका सदस्यहरू तथा बाबुआमासहित ८ जनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार चाँदनीको भारतमा प्रेम सम्बन्ध रहेको र त्यसलाई तोड्न बाबुआमाले मामाघर ल्याएका थिए ।

यहाँ झारफुक गराउने योजना बनाइएको थियो। हत्या कसरी, कहिले र कसले गर्यो भन्ने यकिन गर्न अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖