• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु


  • धनकुटा खबर
  • .

लमजुङको दोर्दी गाउँपालिका ६, ताँजे गाउँ नजिकै क्यामे डाँडामा सडक खन्न प्रयोग हुने मेशिन ब्याक–हो लोडर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

सडक निर्माण तथा मर्मतको लागि सञ्चालनमा रहेको बा.२ क. ३२६७ नम्बरको ब्याक–हो लोडर पल्टिँदा ताँजेका ३९ वर्षिय उमरजंग घलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक अभिषेक पाण्डेले बिहीबार साँझ दुर्घटना भएको बताए । दुर्घटनामा परेर गम्भीर घाइते घलेलाई उपचारको लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो । अस्पतालमा लैजाने वित्तिकै राती पौने १ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार व्याक–हो लोडर चालक मकवानपुरको भीमफेदी गाउँपालिका–६, ढोरसिङका २५ वर्षिय रविन रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

व्याक–हो लोडर पिपुल्स हाइड्रोपावर कम्पनीको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा सञ्चालन गरिएको मेशिन रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖