काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका सबै मन्त्री फिर्ता बोलाउन प्रस्ताव गरेका छन् ।
नुवाकोटको बेलकोटगढी नगरकार्यसमितिले आयोजना गरको कांग्रेस रुपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका कम्युनिष्ट पार्टीले मोर्चा बनाएकाले साढे दुई वर्ष उक्त मोर्चालाई सरकार चलाउन दिएर कांग्रेसले फ्लोरमा समर्थन गर्नपर्ने उनको भनाई छ ।
‘उहाँहरुले मोर्चा बनाउनु भएको छ । सायद पार्टी पनि एकै बनाउने भन्नुभएको छ । हामी फ्लोरमा बसेर समर्थन गरौं । कांग्रेसका मन्त्री सबै फिर्ता बोलाऊँ । दुई अढाई वर्ष उनीहरुलाई चलाउन दिऊँ । यो दुई अढाई वर्ष मोर्चालाई चलाउन दिउँ,’– उनले भने ।
