• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसका नगर सभापति कलौनी मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् ।

भीमदत्त नगर सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले पौने ८ बजेको समयमा उनी मृत अवस्थामा फेला परेको बताए ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुुर मगाइएको बताउँदै डीएसपी जोशीले अहिले घटनास्थल सिल गरिएको जानकारी दिए ।

कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले शवलाई छोएको छैन । तालिमप्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖