• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस सभापति सडकमा मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् ।

शनिबार बिहान सडक पेटीमा कलौनीको शव घोप्टो परेको अवस्था फेला परेको हो ।

उनको शव नगरपालिकाको १८ नम्बर वडा कार्यालयबाट केही पर मामाभाञ्जा चोक नजिक फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको घर पनि सोही क्षेत्रमा पर्दछ ।

उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । कलौनी बैजनाथ माध्यमिक विद्यालय महेन्द्रनगरका अध्यक्ष पनि थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖