• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कार्यक्रममा बेहोस भएका कावासाेती नगरपालिकाका वडाध्यक्षको निधन


  • धनकुटा खबर
  • .

बुटवल । नवलपरासीको कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाको शनिबार निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार ३६ वर्षीय मिया शनिबार एमालेद्वारा गैँडाकोटमा आयोजित एक कार्यक्रममा सहभागी भएको बेला बेहोस भएका थिए ।

बसिरहेको कुर्सीमा बेहोस भएपछि उपचारका लागि चितवन लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । युवा संघ नवलपुरको १० औँ अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य दिएर कुर्सीमा आएर बसेका वडा मिया बेहोस भएका थिए

मियालाई दिउँसो २:३० बजे चितवन मेडिकल कलेजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डीएसपी जेसी शाहले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖