• Monday 5th of October 2026

सीता राना मगरको करिअरकै उत्कृष्ट बलिङ


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर सीता राना मगरले टी-२० अन्तर्राष्ट्रिय खेलमा करिअरकै उत्कृष्ट बलिङ गरेकी छिन्।
सीताले आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध ५ विकेट लिँदै करिअरकै उत्कृष्ट बलिङ गरेकी हुन्।

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच भइरहेको अन्तर्राष्ट्रिय सिरिजको आफ्नो तेस्रो खेलमा सीताले ३ ओभरमा ५ विकेट लिँदा १२ रन मात्र दिइन्।

यसअघि सीताको टी-२० अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन ५ विकेट लिँदा १६ रन खर्चनु थियो।

उनले सन् २०२३ को अगस्टमा मलेसियामा भएको सिरिजमा हङकङविरूद्ध ४ ओभरमा ५ विकेट लिँदा नेपालले हङकङलाई ८४ रनमा समेटेको थियो। नेपालले लक्ष्य ४ विकेटको क्षतिमा पूरा गरेको थियो।

दुई वर्षपछि अर्को उत्कृष्ट बलिङ गरेकी सीताले तीन ओभरमा एक चौका मात्र दिएकी थिइन्।

कीर्तिपुर मैदानमा आइतबार सीताले १८औं ओभरमा ३ विकेट र २०औं ओभरमा २ विकेट हात पारिन्। उनले १८औं ओभरमा १ रन र २०औं ओभरमा ४ रन दिइन्। उनले आफ्नो पछिल्लो दुई ओभरमा ५ विकेट लिँदा ५ रन मात्र दिइन्।

सीताले पाँच विकेट लिनुअघि उच्च स्कोरतर्फ अघि बढेको नेदरल्यान्ड्सले १४० रन मात्र जोड्न सक्यो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖