• Monday 2nd of November 2026

भीम रावलको पछि लागेको भन्दै पूर्व सांसदसहित ५ जना एमालेबाट निस्कासित


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जना नेतालाई पार्टीबाट निस्कासित गरेको छ ।

एमालेबाट निकालिएका डा भीम रावलले सुरु गरेको मातृभूमि जागरण अभियानलाई सहयोग गरेको भन्दै उनीहरुलाई पार्टीबाट निस्कासित गरिएको हो ।

सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमले जनाएको छ ।

खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्व सांसद हुन्

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖