• Monday 5th of October 2026

नेपालकी पूजा महतो यू-१९ महिला टी-२० विश्वकपको ‘टिम अफ दि टुर्नामेन्ट’ मा


  • धनकुटा खबर
  • .

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइतबार सकिएको आइसिसी यू-१९ महिला टी-२० विश्वकप २०२५ मा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न देशका खेलाडी समेटेर ‘टिम अफ दि टुर्नामेन्ट’ घोषणा गरेको छ।

जसमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन्। अलराउन्डरको रूपमा टोलीमा परेकी पूजाले मलेसियामा भएको विश्वकपमा ९ विकेट लिँदा ७० रन बनाएकी थिइन्। पूजाले प्लेअफको खेलमा घरेलु टोली मलेसियाविरूद्ध चार विकेट लिएकी थिइन्।

पूजा हाल नेपालमा भइरहेको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको सिनियर टोलीबाट खेलिरहेकी छिन्।

टोलीमा दक्षिण अफ्रिकालाई हराएर च्याम्पियन बनेको भारतका चार खेलाडी समावेश छन्।

भारतीय टोलीको नेतृत्व गोंगाडी त्रिशा ओपनरको रुपमा छिन्। उनले विश्वकपमा ३०९ रन बनाएकी थिइन्। सर्वाधिक रन बनाएकी त्रिशाको यो स्को दोस्रो स्थानमा रहेकि ब्याटरको भन्दा १३३ रनले बढी हो। फाइनलमा त्रिशा प्लेयर अफ द म्याच घोषित भएकी थिइन्। उनले दक्षिण अफ्रिकाविरुद्ध फाइनलमा १५ रन खर्चिएर तीन विकेट लिएकी थिइन् भनेअविजित ४४ रन बनाएकी थिइन। जससँगै भारतले नौ विकेटको जित हासिल गरेको थियो।

उनीसँगै टोलीमा भारतकी ओपनर जी कमलिनी पनि टोलीमा सामेल भएकी छिन। उनले प्रतियोगिताभरमा १४३ रन बनाएकी थिइन्।

यस्तै भारतका बलरद्वय आयुषी शुक्ला र वैष्णवी शर्मा पनि टोलीमा छन्। शर्माले बायुमास ओभलमा दक्षिण अफ्रिकाका दुई विकेट लिएर प्रतियोगिता सक्दा प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएकी थिइन्। जबकी १७ वर्षीया शुल्काले १४ विकेट हात पार्न सफल भएकी थिइन्।

दुई वर्षअघि सुपर सिक्स चरणबाट अगाडि बढ्न असफल दक्षिण अफ्रिकाका दुई खेलाडी टोलीमा छन्। ११ विकेट लिएकी कायला रेनेकेलाई टोलीको कप्तान छनोटन गरिएको छ। यस्तै अष्ट्रेलिया विरुद्धको सेमिफाइनलमा २४ बलमा महत्वपूर्ण ३७ रन बनाएकी दक्षिण अफ्रिकाक जेम्मा बोथालाई त्रिशासँगै ओपनिङ गर्न छनोट गरिएको छ। फास्ट बलर नथाबिसेङ निनीलाई १२ औं खेलाडीको रूपमा छनोट गरिएको छ।

दोस्रो सेमिफाइनलमा भारतसँग पराजित भएको इङ्ल्यान्डका दुई खेलाडी टोलीमा छन्। प्रतियोगिताको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी दाभिना पेरिन (१७६ रन) र विकेटकिपर केटी जोन्स प्रतियोगिताको टोलीमा परेका छन्।

अष्ट्रेलियाकी काओइमहे ब्रेसँगै मध्यक्रममा नेपालकी कप्तान र अलराउन्डर पूजा महतो छन्।

टिममा श्रीलंकाका बलर चामोदी प्रबोदासँग पनि छन्। जसले भारत तीन विकेट लिएकी थिइन् भने समग्रमा १६ विकेट हात पारेकी थिइन्।
टिम छनोटको निर्णायक मण्डलमा कमेन्टेटर जुलिया प्राइस, एचडी एकरम्यान र रौनक कपूरसँगै आइसिसी प्रवन्धक स्नेहल प्रधान थिए।

आइसीसी यू-१९ महिला टी २० विश्वकप २०२५ को प्रतियोगिताको टोली
१. जी त्रिशा (भारत)
२. ⁠जेम्मा बोथा (दक्षिण अफ्रिका)
३. दाभिना पेरिन (इङ्ल्यान्ड)
४. ⁠जी कमलिनी (भारत)
५. ⁠काओइमहे ब्रे (अष्ट्रेलिया)
६. ⁠पूजा महतो (नेपाल)
७. ⁠कायला रेनेके (कप्तान) (दक्षिण अफ्रिका)
८. ⁠केटी जोन्स (विकेटकिपर) (इङ्ल्यान्ड)
९. ⁠आयुषी शुक्ला (भारत)
१०. ⁠चामोदी प्रबोदा (श्रीलंका)
११. ⁠वैष्णवी शर्मा (भारत)
१२. ⁠न्थाबिसेङ निनी (दक्षिण अफ्रिका)

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖