• Sunday 1st of November 2026

अन्तरजातीय विवाह गरेका दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्रीलाई सामान्य जानकारीसमेत थिएन : मन्त्रालय


  • धनकुटा खबर
  • .

गृह मन्त्रालयले अन्तरजातीय विवाह गरेका दलित युवामाथि भएको अत्याचारबारे गृहमन्त्री रमेश लेखकलाई सामान्य जानकारीसमेत नरहेको प्रष्टीकरण दिएको छ।

मङ्गलबार (आज) साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले भनेको छ, ‘यस मन्त्रालय र मन्त्रीज्यूलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी जिम्मेवार सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशन भएकोप्रति दुखद व्यक्त गर्दछ।’

यसअघि नयाँ पत्रिकामा ‘अन्तरजातीय विवाह गर्ने दलित युवामाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार’ शीर्षकमा एक समाचार प्रकाशित भएको थियो।

यसपछि गृहमन्त्री लेखकको राजीनामा समेत माग्न थालिएको छ। दलितका लागि दलित अभियानले गृहमन्त्री लेखकलाई सामाजिक बहिष्कार गर्न मागसमेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖