काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्सविरुद्ध पूजा महतोले अर्धशतक प्रहार गरेकी छिन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पूजाले ४३ बलमा अर्धशतक पूरा गरेकी हुन् । सो क्रममा उनले ४ चौका प्रहार गरिन् ।
जारी प्रतियोगितामा नेपालको लागि नै यो पहिलो अर्धतक हो ।
यसअघि पूजा र कप्तान इन्दु बर्माले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे ।
