डडेल्धुरा: डडेल्धुरामा एक पुरुष मृत फेला परेका छन्। मंगलबार राति ८:५० बजेको समयमा जिल्लाको अजयमेरु गाउँपालिका-५ लेटम बस्ने अन्दाजी ५८ वर्षीय शेरबहादुर पाल मृत फेला परेका हुन्।
उनी सोही ठाउँको लाटाकटारी मन्दिरको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताइन्छ।
