• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

श्रीमान् दुबई गएको ६ महिनापछि प्रहरी कार्यालयभित्रै जवान निशा मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौं: प्रहरी जवान निशा चौधरी साँखुस्थित प्रहरी प्रभागको महिला व्यारेकमा मृत फेला परेकी छन्। बुधबार बिहान उनी सिलिङ पंखामा झुन्डिएको अवस्थामा फेला परेको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिल बोहराले जानकारी दिए।

बर्दियाकी २३ वर्षीया चौधरी बिहान ५ बजे शालीनदी मेलाको ड्युटीका लागि व्यारेकबाट निस्किएकी थिइन्। तर, ११:५ मा खाना खान फर्केपछि उनी व्यारेकभित्र गएकी थिइन्। उनका अन्य दुई सहकर्मी प्रहरीले बाहिरै खाना खाए पनि चौधरीले व्यारेकमै खाने बताएकी थिइन्।

दिउँसो १२:०३ बजे अरू महिला प्रहरीहरू व्यारेक फर्किँदा उनको कोठाको ढोका बन्द थियो। लामो समय ढोका नखुलेपछि झ्यालबाट हेर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

चौधरी विवाहित थिइन्, तर सन्तान थिएन। उनका श्रीमान् ६ महिनाअघि वैदेशिक रोजगारका लागि दुबई गएका थिए।

प्रहरीका अनुसार चौधरीको मृत्युको कारण खुलिसकेको छैन। घटनाको थप अनुसन्धानका लागि बर्दियाबाट उनका आफन्त काठमाडौं आइपुगेपछि कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖