• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा सात जना पक्राउ


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमा आतंक फैलाएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार सात जनालाई पक्राउ गरेको हो।

कार्यालयका डिएसपी अनिल घिमिरे नेतृत्वको टोलीले अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको स्रोतले बतायो।

पक्राउ पर्नेमा गोपाल मोक्तान, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु, रोशन तामाङ र गनबहादुर गुरूङ छन्।

उनीहरूले मानिसमा डर त्रास फैलाउने उद्देश्यले हातहतियार प्रदर्शन गर्ने, समूहमा बसेर भिडिओ खिचेर सामाजिक सञ्जालमा राख्ने लगायतका गतिविधि गरेको आरोप छ।

‘अहिलेको आपराधिक समूहको शैली फेरिएको छ। खुकुरी, तरबार प्रदर्शन गरेर केक काट्ने जस्ता भिडिओहरू राख्ने। सामाजिक सञ्जालमा भाइरल बनेर त्यसरी मानिसमा आफ्नो इमेज क्रिएट गरेको देखियो,’ एक अधिकारीले भने।

कार्यालयले अन्य व्यक्तिहरूमाथि पनि निगरानी गरिरहेको छ। उच्छृंखल गतिविधि एवं गुण्डागर्दी गर्नेहरूको सूची नै तयार पारेर निगरानी थालिएको एक अधिकारीले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖