• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तर्साउन भनि हानिएको गोली लागेर मकुनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । जङ्गली हात्ती मकुनाको तर्साउन हानिएको गोली लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो।

बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । घरपालुवा हात्ती (चुरेगर) लाई सिधै आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ (दुई) राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

हवाई फायर गर्दा पनि नभागी हात्तीलाई आक्रमण गर्न आउँदा सानो हात्ती खगेन्द्रप्रसादमा सवार रेञ्जर श्याम तामाङ हात्तीबाट खसेकोले ज्यानको सुरक्षा गर्न अत्यन्तै कठिनाइ भएको कारण ३ राउन्ड फायर गर्दा केही पर भागी पुनः फर्किएर आक्रमण गर्न आएकोमा थप १ राउन्ड फायर गर्दा मुकुना अन्यत्र भागेको थियो ।

पछि खोज्दै जाने क्रममा करिव १ किमी टाढा ढलेको आस्थामा फेला परेको र तत्कालै उक्त मकुना लाई हात्ती सहितको गस्ती टोलीले उठाउन प्रयास गरिएको तर हात्ती नउठेपछि पशु चिकित्सक सहितको प्राविधिक टोलीले १५ः३० बजे मृत घोषणा गरेको मगरले बताए ।

तत्पश्चात् घटनास्थलमा उक्त मृत हात्तीको पोस्टमार्टम गरी हेर्दा दाहिनेपट्टी घाँटीमा १ वटा गोली लागेको कारण मृत्यु भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖