काठमाडौं । काठमाडौंको कमलपोखरी आसपास विष्फोट भएको छ । आज बिहान ठूलो आवाजका साथ विष्फोट भएपछि सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स दौडिएका देखिन्छन् ।
त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको र सोही पसलमा काम गर्नेहरू घाइते भएको प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनालले जानकारी दिए ।
यसको विस्तृत विवरण आउन बाँकी छ ।
