• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नेपालमा लोप भइसकेको भनिएको ‘सानो ओत’ १८५ वर्षपछि डडेल्धुरामा भेटियो


  • धनकुटा खबर
  • .

काठमाडौं: नेपालमा लोप भइसकेको भनिएको ‘सानो ओत’ १८५ वर्षपछि भेटिएको छ।

विशेषज्ञ समूहका मोहनविक्रम श्रेष्ठ, गंगा श्रेष्ठ, हिरुलाल डंगौरा, राजीव चौधरी, पूर्णमान श्रेष्ठ, करुण देवान, राजेश सदा, मेलिसा सावेज र जुओफु जियाङले गरेको अध्ययनका क्रममा डडेल्धुराको रंगुन खोला र पुन्तरा खोलाको संगममा एउटा सानो ओतको छाउरा भेटिएको हो।

जब कि यसअघि नेपालमा सानो ओत सन् १८३९ यता देखापरेको थिएन भने अस्तित्वको कुनै ठोस प्रमाण थिएन। जसकारण सानो ओत नेपालबाट लोप भइसकेको आशंका गरिएको थियो।

‘हामीले १८५ वर्षपछि पहिलोपटक नेपालमा सानो ओत फेला परेको फोटोसहित प्रमाण प्रस्तुत गरेका छौँ, सन् २०२४ नोभेम्बर महिनामा सुदूरपश्चिम नेपालको डडेल्धुरा जिल्लाको रंगुन खोला र पुन्तरा खोलाको संगममा एउटा सानो ओतको छाउरा भेटिएको थियो। एक हप्तासम्म पालनपोषणपश्चात् छाउरा सानो ओतलाई पुनः बासस्थानमा स्थानान्तरण गरेका थियौँ, छाउरा सानो ओत भेटिनुले उक्त स्थानमा अन्य ओतहरू पनि भएको जनाउँछ। सानो ओतको यस महत्वपूर्ण अभिलेखसँगै विस्तृत अध्ययन र संरक्षणका पहलको आवश्यकता छ,’ अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को वेबसाइटमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नेपालमा यसबाहेक कालो ओत (युरेसियन ओटर) र खैरो ओत (स्मुथ कोटेड ओटर) पाइन्छन्। विश्वमा १३ प्रजातिका ओत पाइन्छन्।

आइयुसिएनको सूचीमा संकटापन्न वर्गमा राखिएको ओत संवेदनशील प्राणी हो। ओत पानीमा बस्ने प्राणी हो। माछा, भ्यागुता, यसका आहारा हुन्। मुख्य आहारा माछा भए पनि यसले भ्यागुता, चरालगायत प्राणी पनि खाने गर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖