• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका मुख्य आरोपीहरू दुलाल र भण्डारीलाई बिरामी भएको बहानामा सिनामंगलस्थित नेपाल मेडिकल कलेजको सुविधासम्पन्न क्याबिनमा


  • धनकुटा खबर
  • .

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका मुख्य आरोपीहरू केशव दुलाल र सानु भण्डारीलाई बिरामी भएको बहानामा सिनामंगलस्थित नेपाल मेडिकल कलेजको सुविधासम्पन्न क्याबिनमा राखिएको छ।

उनीहरूलाई अस्पतालमा राखेर विभिन्न व्यक्तिहरूसँग छलफल गराइएको छ, जसले जेल प्रशासन र अन्य सम्बन्धित पक्षहरूको मिलेमतोको आशंका उत्पन्न गरेको छ। उनीहरूलाई राखिएको अस्पताल कांग्रेस सांसद डा. सुनील शर्माको हो, जो केशव दुलालका पुराना साथी हुन्।

केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटवालले केशव दुलाल र सानु भण्डारीलाई स्वास्थ्य समस्याका कारण नेपाल मेडिकल कलेजमा भर्ना गरिएको पुष्टि गरेका छन्।

उनका अनुसार, एकजनालाई प्रोस्टेट र अर्कालाई मुटु दुख्ने समस्या भएको मेडिकल कागजातका आधारमा अस्पताल भर्ना गरिएको थियो, र उनीहरू बुधबार कारागार फर्किसकेका छन्। तर, बुधबार साँझसम्म उनीहरू अस्पतालमै देखिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖