काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल अहिलेको सरकारले संसद्लाई अवमूल्यन गर्ने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै प्रचण्डले सरकारले संसद्लाई एक हदसम्म छल्ने कोशिस गरेको आरोप लगाए ।
उनले रातारात अध्यादेश ल्याउने सरकारको नियतमाथि पनि प्रश्न उठाए ।
