• Sunday 1st of November 2026

गाजावाट प्यालेस्टाइनीलाइ अन्यत्र सार्ने ट्रम्पको घोषणामा माओवादीको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं, २४ माघ  । गाजाबाट प्यालेस्टाइनी जनतालाइ अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ ।

 

नेकपा माओवादीका नेता तथा पुर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले ट्रम्पको सो घोषणा अन्तराष्ट्रिय मान्यता बिपरित भएको पनि बताएका छन् ।

‘प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई विश्वको अन्य स्थानमा बसोबासको लागि पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा प्रति  हाम्रो पार्टी ने क पा (माओवादी केन्द्र) कडा आपत्ति प्रकट गर्दै घोर भर्त्सना गर्दछ,’ उनले भनेका छन, ‘यो नाङ्गो साम्राज्यवादी तथा बिस्तारबादी नीति संयुक्त राष्ट्र संघको घोषणा पत्र , सबै मुलुकहरूको सार्वभौमिक समानताको नीति , स रा सं को मान्यता, मर्म एवं भावना र प्यालेस्टाइन मामिलामा स रा सं ले पारित गरेका प्रस्तावहरूको विरुद्धमा छ ।’

 

उनले अगाडी भने, ‘अन्तराष्ट्रिय कानुन र मानव सभ्यताको धज्जी उडाउने ट्रम्पको यो कथित प्रस्तावको विश्वका सबै मुलुकहरू र जनताले सम्पूर्ण एकता एवं दृढताका साथ अस्वीकार गर्नु आजको आवश्यकता हो । त्यस क्षेत्रमा कायम रहेको अहिलेको युद्ध विरामलाई निरन्तरता दिई अन्ततः संयुक्त राष्ट्रसंघ द्वारा पारित दुई सार्बभौम राज्यको  नीतिलाई व्यवहारमा लागू गरेर सार्बभौमसत्तासम्पन्न प्यालेस्टाइनको स्थापनाद्वारा मात्र त्यहाँ विद्यमान समस्या तथा द्वन्द्वको समाधान हुन सक्दछ। ’

सरकारले तत्काल स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीति अनुरुप यस विषयमा आफ्नो दृष्टिकोण ,नीति र धारणा सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖