• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

१२ करोडको ठेक्कामा तीन करोड घुस


  • धनकुटा खबर
  • .

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनले १२ करोड ४२ लाख ८० हजार रुपैयाँको सामान खरिद प्रक्रियामा ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ घुस लिएको आरोप लागेको छ।

यस प्रकरणमा एक्टर्स कम्प्युटर्स नेपाल प्रालिका सञ्चालक दीपक आनन्दलाई पनि प्रतिवादी बनाइएको छ। पौडेलले आपूर्तिकर्ता कम्पनीसँग मिलेर स्पेसिफिकेसन तयार गरी सोही कम्पनीलाई ठेक्का दिने व्यवस्था मिलाएको आरोप छ।

अख्तियारले उनीहरूबीचको ह्वाट्सएप र इमेल कुराकानीलाई प्रमाणका रूपमा प्रस्तुत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖