• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

सहमतिबिना खिचेका अश्लील भिडियो आफन्तको म्यासेन्जरमा पुगेपछि.


  • धनकुटा खबर
  • .

सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। दाङ लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पीडितसँग सम्बन्धमा रहँदा सहमतिबिना खिची राखेको अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा उक्त कार्यमा संलग्न रविलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले वडा प्रहरी कार्यालय लमही दाङको समन्वयमा पक्राउ गरेको हो।

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖